एमाले अध्यक्ष केपी शर्मा ओली बिरगञ्जमा,पर्सा एमालेको चियापान कार्यक्रम स्थगित

समाचार

बिरगञ्ज, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरगञ्ज आईपुगेका छन् ।

नेकपा एमाले मधेश प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रम गराउनका लागि ओली बिरगञ्ज आईपुगेका हुन् ।

‘मधेश प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रम पार्टी अध्यक्ष कमरेड केपी ओलीको प्रमुख आतिथ्यतामा अपरान्ह १२ बजे टाउन हलमा हुने व्यहोरा जानकारी गराइन्छ, जसका लागि पार्टी अध्यक्ष कमरेड वीरगन्ज आइसक्नु भएको छ,’ एमाले नेता अरबिन्द सिंहले भने ।

 

तर, एमाले पर्साले भने आज आयोजना गर्ने भनिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम भने जाजरकोट भुकम्पको संबेदनशिलतालाई मध्यनजर गर्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

नेकपा एमाले पर्साले आजका लागि तय गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरेको छ ।

 

गए राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भुकम्पका कारण देखाउँदै पर्सा एमालेले चियापान तथा शुभकामनाम आदान प्रदान कार्यक्रम स्थगित गरेको हो ।

 

‘जाजरकोट र रुकुम लगायतका जिल्लामा आएको भुकम्पका कारणले भएको जनधनको क्षतिका कारण उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै नेकपा एमाले पर्सा जिल्ला कमिटी द्वारा आज बिहान आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरिएको छ,’ पर्साका एमाले नेता अरबिन्द सिंहले भने  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *