नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने, खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे।

राजनीति समाचार

काठमाडौं, १६ मंसिर  । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।

उच्चअदालत,पाटनलले आज आफनो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व गृह मन्त्री बालकृष्ण खाँणकाे बिषयमा राय बाझिएकाे छ ।

उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडकाे सबालमा भने न्यायधिसहरूका बिचमा राय बाझिएकाे छ । जसका कारण तेस्राे न्यायधिसलाइ फैसाला गर्न आदेश दिइएकाे छ । अदालतको आदेश अनुसार अब खाँडले जेलबाहिर बसेर नै मुद्धा लडन पाउने बाटो अझै खुलेको छैन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलीपल्ट अदालतले फैसाला सुनाएकाे हाे ।

 

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायधिस बिचमा राय बाझिदाँ तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन ।

 

 

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा फैसाला आएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *