पर्सा,१३ पुस।
भेडाहा खोलामा अबैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा २ वटा ट्याक्टर पर्सा प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार बिहान् ९:४५ को समयमा पर्साको पर्सागढी न. पा. वडा न. ३ मा रहेको भेडाहा खोलामा अबैध रुपमा बालुवा उत्खनन गरि टयाक्टरमा लोड भईरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली मातहत प्रहरी चौकी मिलन चौकबाट प्र . स. नि . प्रमोद साह तेलीको कमान्डमा खटिएको प्रहरी टोलीले वालुवा लोड रहेको दुईवटा टयाक्टर नियन्त्रणमा लिएको पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले जनाएका छन् ।
पक्राउ गरिएका ना ७ त ६२७८ र ना ७ त ३७७२ नम्बरको टयाक्टरको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कार्वाही भैरहेको प्रहरी निरीक्षक केशरीले जानकारी गराएका छन् ।
