लागू औषध सहित एकजना बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम,बारा,१८ माघ।

बारा प्रहरीले लागू औषध सहित एकजना २७ वर्षीय युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा माघ १६ गते ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ स्थित टेढा रोडमा मिलन चौकतर्फ पैदल  जादै गरेको युवकलाई चेकजाँच गर्दा निजले बोकेको २ वटा झोला भित्रबाट ५/५ किलोको दरले १० किलो लागू औषध गाँजा वरामद भएकाले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका जिल्ला मकवानपुर हेटौडा नगरपालिका वडा नं. ३ बस्तीपुर बस्ने वर्ष २७ को पवन गिरीलाई गाँजा सहित नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दधिराम न्यौपानेले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *