पर्सा प्रहरीद्वारा प्याज लोड रहेको पिकअप र हार्डवेयर लोड रहेको भारतीय ट्याक्टर पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज,१५ फागुन ।

भन्सार छली चोरी पैठारी गरी भित्राइएका अबैध प्याज सहित पिकअपलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

फागुन १३ गते राती १०:३० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.५ कुम्हाल टोल स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्राइएका प्याज ६० बोरामा २८८० के.जी.  सहित प्रदेश २-०३-००१ च ३३०४ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

वीरगञ्जबाट अन्यत्र स्थानमा लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी  कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई पिकअप सहित प्याजको १६ लाख १५ हजार  दुई सय रुपैया बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि फागुन १४ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले बताएका  छन् ।

त्यस्तै ,बिल बिजक भन्दा बढी हार्डवेयर लोड रहेको भारतीय मालवाहक ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराएको छ।

फागुन १३ राती ९:३० बजे  बिल विजक भन्दा बढी हार्डवेयर बोकेको माल बाहक ट्याक्टर आईसिपी भन्सारबाट वीरगञ्जतर्फ जादै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डमा बिआर ०५ जिए ३७९१ नम्बरको भारतीय  ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर पार्टस लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा रू.दुई लाख तेतीस हजार चार सय एक्कासी बराबरको हार्डवेयर पार्टसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *