नोबेल अस्पताल विराटनगरमा कार्यरत् नर्सको हत्या

समाचार

विराटनगर, २ चैत । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत् नर्सको हत्या भएको छ।

सिरहा फुल्काहकट्टी घर भएकी करिब २२ वर्षीया चन्द्रिका कुमारी दासको शुक्रबार दिउँसो विराटनगर-४ मा हत्या भएको हो।

दासको शव शिक्षण अस्पतालको उत्तर करिब तीन सय मिटर उत्तर डेरामा टाढा शव भेटिएपछि अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।

प्रारम्भिक अनुसन्धानमा दासको हत्या भएको देखिएपछि अनुसन्धानमा प्रहरी जुटेको दाहालले बताए।

‘कसले किन हत्या गर्‍यो भन्ने खुलेको छैन, कोही पक्राउ परेको स्थिति पनि होइन,’ दाहालले भने।

दाहालका अनुसार दासका परिवार आइनपुगेकाले घटनास्थल मुचुल्का उठाइएको छैन। ‘घटनास्थललाई सुरक्षित घेरामा राखेर राखेका छौं,’ दाहालले भने, ‘परिवारका सदस्य आएपछि मुचुल्का उठाउने र शव पोष्टमार्टम गर्ने कार्य अघि बढ्छ।’

दास दुई महिनादेखि विराटनगरमा बस्न थालेको र नोबेल अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत् रहेको दाहालले बताए।

दासको शव उनी बसेको कोठाको बाथरुममा भेटिएको थियो। उक्त घर धिरेन्द्र गिरीको हो। त्यो घरमा नोबेलमा कार्यरत् अन्य स्टाफ नर्सहरू बस्ने गर्थे।

‘घाँटीमा चोट देखिएको छ,’ प्रहरी उपरीक्षक नवराज कार्कीले भने, ‘त्यो घरमा स्टाफ नर्सहरू मात्रै भाडामा बस्ने गरेका थिए।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *