रसीद आलम,बिरगंज ,६ चैत ।
वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित एक जनालाई लागु औषध गाँजा ३ के.जी.२०० ग्राम सहित पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चेकजाँचको क्रममा चैत ४ गते दिउँसो २:३० मा पर्सागढी न.पा.वडा नं.९ एकटांगा बस्ने बर्ष ४२ को मुरारी प्रसाद यादवले लागु औषध गाँजा आफ्नै शरीरमा प्लाष्टिकको टेपले वेरी लुकाइ छिपाइ भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जानकारी दिए।
उल्लेखित लागु औषध गाँजा सहित नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जनाए ।
