सशस्त्र प्रहरी पर्साका एसपीको काज सरुवा,स्वास्थ्य समस्या देखिएपछि सरुवा मिलाएको:प्रवक्ता सिंह ।

समाचार

बिरगंज ,२८ बैशाख।

सशस्त्र प्रहरी बल पर्साका एसपी किशन कर्माचार्यको काज सरुवा भएको छ।

सशस्त्र प्रहरी बल नेपाल न. १३ गण पर्साका गणपती सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यलाई स्वास्थ्य समस्या देखिएकोले बिरगंजबाट एपीएफ कमान्ड तथा एस्टाफ कलेज गौचरण काठमाडौंमा काज सरुवा भएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले बताए।

घाँटीमा समस्या देखिएकोले चिकित्सकका सल्लाह अनुसार शल्यक्रिया गर्नुपर्ने भएकाले प्रधान कार्यालयलाई आग्रह गरेरै सरुवा मिलाएको एसपी कर्माचार्यले जानकारी गराएका छन् ।

बाहिर विभिन्न सञ्चार माध्यममा कारवाहीमा परेर तानिएको कुरा निराधार रहेको डिएसपी सिंहले बताए ।

एसपी कर्माचार्यको करिब ८ महिने कार्यकालमा सशस्त्र प्रहरी पर्साले तस्करीलाई निरुत्साहित गर्दै करिब रु.२३ करोड ३७ हजार ५ सय २६ बराबरको विभिन्न तस्करीका समानहरु बरामद गरि भन्सार दाखिला गरेको डिएसपी सिंहले जनाए।

सशस्त्र प्रहरी बल नेपाल न.१३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहका अनुसार एसपी कर्माचार्यलाई एपीएफ कमान्ड तथा एस्टाफ कलेज गौचरण काठमाडौंमा काज सरुवा भएको र उनको ठाउँमा पर्सामा नयाँ सशस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल आउदै छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि शल्यक्रिया गराउनुपर्ने भएकाले बिरगंज  छोड्नुपरेको तथा बिरगंजका सम्पुर्ण संचारकर्मीहरुको साथ र सहयोगका लागि विशेष धन्यवाद दिदै पुनः पर्सामा आउने सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले प्रतिबद्धता जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *