छापामारी गरि बिर्ता प्रहरीले बरामद गरियो ३० लाखको अबैध समान।

समाचार

रसीद आलम,बिरगंज ,२८ असार।

बिर्ता प्रहरीले छापामारी गरि ३० लाख बराबरको भन्सार छलिका कम्प्युटरमा प्रयोग हुने विभिन्न किसिमका समानहरु बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका टोलिले असार २७ गते राति ८ :५० को समयमा बिरगंज -१० आदर्शनगर स्थित एक घरबाट भन्सार छलिका कम्प्युटर सिपियु,रयाम,मदर बोर्ड लगायतका कम्प्युटरमा प्रयोग हुने समाग्रीहरु बरामद गरेको प्रहरीले जनाएको छ।

भारतबाट भन्सार चोरी छली गरि ल्याई राखेको भन्ने बिशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले आदर्शनगर स्थित सो घरबाट ३० लाख बराबरको कम्प्युटरमा प्रयोग हुने उक्त  समाग्रीहरु बरामद गरि आवश्यक कार्वाहीको लागि कानुनी प्रक्रियामा रहेको प्रहरी निरीक्षक पुष्कर बोगटीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *