कर्णालीमा भेरी लिफ्टिङ आयोजना अनुगमन र ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ

बिदेश राजनीति समाचार

सुर्खेत, १८ मंसिर ।

खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको भेरी लिफ्टिङ खानेपानी आयोजना तथा अन्य मुख्य आयोजनाहरूको प्रगतिबारे जानकारी लिँदै तिनमा देखिएका चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग विचारविमर्श गरेका छन्। उनले आयोजनाहरूलाई समयमा नै सम्पन्न गरी नियमित पानी आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएका छन्। मन्त्री यादवले जनतालाई स्वच्छ र शुद्ध पानीको पहुँच पुर्‍याउन तथा योजनाहरूलाई थप प्रभावकारी बनाउँदै कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्।

यसै अवसरमा मन्त्री यादवले “सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता” अभियानलाई सशक्त बनाउन ग्रामीण खानेपानी सेवा सहायता केन्द्र (SSC) को शुभारम्भ गरे। उक्त केन्द्रले ग्रामीण क्षेत्रमा दिगो खानेपानीको सेवा सुनिश्चित गर्न, प्राविधिक सहायता तथा परामर्श प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने र खानेपानी योजनाहरूलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *