एनपीएलः क्ववालिफियरमा जनकपुर र सुदुरपश्चिम भिडदैँ

खेलखुद बिदेश राजनीति समाचार

काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइवटा खेल हुदैँछ ।

 

हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुदैँछन ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बाेल्टस र सुदुरपश्चिम राेयल्सका बिचमा पहिलो खेल हुदैँछ । पहिलो खेलमा दिउँसाे १ः०० बजेवाट सुरू हुनेछ ।

 

लिग चरणको अन्तिम खेलमा कर्णालीलाइ हराएर अाएकाे सुदूरपश्चिम १२ अंकका साथ शिर्षस्थानमा छ भने उदघाटन खेलमा बिराटनगर किंग्सलाइ पराजित गर्दै अघि बढेकाे जनकपुर १० अंकसहित दाेस्राे स्थानमा रहेकाे छ ।

 

एनपीएल गत मंसीर १५ वाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

 

जनकपुर बोल्ट्स

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

 

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *