विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : सशस्त्र प्रहरी प्रधान कार्यालयमा राजनीतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया

समाचार

काठमाण्डौं, साउन १६ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १६ गते विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालको अगुवाइमा सम्पन्न सो अन्तरक्रियामा सहभागी प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा सुरक्षा निकायसँगको सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँहरूले विपद्का समयमा हुने जनधनको क्षति न्यूनीकरण गर्न सबै तहका सरकार, राजनीतिक दल तथा सुरक्षाकर्मीबीच प्रभावकारी समन्वय हुनु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा गर्दै आएको भूमिका र भविष्यको रणनीतिसमेत प्रस्तुत गरिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *