पर्सामा स्रोत नखुलेको ४ लाख ५ हजार नगदसहित एक जना पक्राउ

बिदेश राजनीति समाचार

बिरगंज ,१३ पुस ।

पुस १३ गते शनिबार दिउँसो १:३० बजे जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका-२५ स्थित सिर्सिया नाकामा सशस्त्र प्रहरी बल, नेपाल बिओपी ड्राईपोर्ट पर्साबाट खटिएको टोलीले स्रोत नखुलेको ४ लाख ५ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी हवल्दार सूर्य कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एक्स ५२४२ नम्बरको टिभिएस अपाचे आरटिआर १६० सिसिको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा भारतको पूर्वी चम्पारण, रक्सौल नगरपालिका-१, बाडा परेवा बस्ने २१ वर्षीय अहमर हस्सनको साथबाट उक्त रकम फेला पारेको हो।

बरामद गरिएको मोटरसाइकलको मूल्य १ लाख ५० हजार रुपैयाँ तोकिएको छ। पक्राउ परेका व्यक्ति, नगद र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *