बरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति नियन्त्रणमा, थप अनुसन्धान जारी

बिदेश राजनीति समाचार

 

काठमाडौं, ६ माघ ।काठमाडौं जिल्ला अदालतको दक्षिण गेटबाहिर सार्वजनिक सडक खण्डमा बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि आक्रमण गर्ने प्रयास भएको घटनामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

माघ २ गते करिब ३:४५ बजे, त्रिपाठी अदालत बाहिर जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा भिडमा रहेका केही व्यक्तिले हुल हुज्जत गर्दै आक्रमण गर्न खोजेका थिए। तत्काल प्रहरी टोली परिचालित भई त्रिपाठीलाई सुरक्षित स्थानमा राखी घटनामा संलग्न व्यक्तिहरूको खोजी थालिएको छ।

प्रहरीले जिल्ला दोलखा तामाकोशी गाउँपालिका वडा नं. १ स्थायी निवासी तथा हाल ललितपुर महालक्ष्मी नगरपालिकाको वडा नं. ५ टिकाथली बस्ने ४८ वर्षीय ललित कुमार के.सी.लाई ज्यान मार्ने उद्योग कसुरमा नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

अन्य संलग्न व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *