७ किलो गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा

बिदेश राजनीति समाचार

बारा,२३ माघ ।

बाराको पथलैयामा लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाबाट प्र.ना.नि. टंक न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

२०७१ माघ २२ गते बिहान करिब ६:१० बजे, ट्राफिक चेक पोस्ट, पथलैयामा चेकजाँच गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ७२६६ नम्बरको स्कुटर रोकी जाँच गर्दा स्कुटरभित्र लुकाइछिपाई राखिएको ७ किलो लागू औषध गाँजा बरामद गरिएको थियो।

प्रहरीले गाँजा बोकेका स्कुटर चालकसहित दुई जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, सिमरामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

पक्राउ पर्नेहरू:

१. विक्रम लामा (३१ वर्ष) – मकवानपुर, हेटौडा उपमहानगरपालिका–१५
२. जिवन स्याङबो (३८ वर्ष) – मकवानपुर, मनहरी गाउँपालिका–२

प्रहरीले बरामद गरेको गाँजा दुई पोका गरी कुल ७ किलो रहेको छ। पक्राउ परेका व्यक्तिमाथि लागू औषध नियन्त्रण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *