बारा, २७ फागुन । बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२, चिलझप्टि स्थित बङरिखोला नजिक भारतबाट भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेका विभिन्न सामानहरू प्रहरीले बरामद गरेको छ।
मिति २०८१ फागुन २६ गते दिउँसो करिब १५:१० बजे इलाका प्रहरी कार्यालय (इ.प्र.का.) छतवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) उमाशंकर रायको कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्न साथ व्यक्तिहरू सामान फालेर साइकलसहित फरार भएका थिए।
प्रहरीले बरामद गरेका सामानहरूमा
- खजुर – ३१ के.जी. (६२ प्याकेट), अनुमानित मूल्य रु. ३१,०००
- भोज खाने रेडिमेड पात – २६ प्याकेट, अनुमानित मूल्य रु. १,३००
- रंग – १०८ प्याकेट, अनुमानित मूल्य रु. १०,८००
जम्मा रु. ४३,१०० बराबरको सामान बरामद गरिएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय प्रसौनी बारामा पठाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।
