आईपीएलमा आतंकबादको बिरोधः हैदारबाद–मुम्वई का खेलाडीहरू कालोपट्टी लगाएर खेले

समाचार

काठमाडौं, ११ बैशाख ।हिजो भएको  सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच आईपीएल खेलमा सबै खेलाडी र अम्पायर कालोपट्टी लगाएर मैदानमा आएका थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले २२ अप्रिल, मंगलबारमा पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका २८ जनालाई श्रद्धाञ्जली दिन यो निर्णय गरेको हो।

यति मात्र होइन, यो खेलमा मैदानमा कुनै किसिमको उत्सव पनि हुने छैन । खेल शान्तिपूर्ण रुपमा खेलाइने छ । न पटाका फुट्नेछ, न त द लेडी चियर्सहरूले नै नाच्नेछन् । खेलअघि आतंकवादी हमलामा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसमेत गरिएको थियोे  ।

खेल भारतीय समय अनुसार साँझ ७ः३० बजेवाट सुरू भएको थियोे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *