सशस्त्र प्रहरी पर्सा गुल्म अलौले लाखौं मूल्य बराबरको सामान बरामद गर्दै भन्सार दाखिला गर्यो

समाचार

रसीद आलम

पर्सा, जेठ ११ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण पर्सा मातहतको प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौका प्रमुख डिएसपी कृष्ण सिंह पुजाराको नेतृत्वमा भन्सार छली गरिएका लाखौं मूल्य बराबरका कपडा, किराना सामग्री तथा सवारीसाधनका पार्टपुर्जा बरामद गरिएको छ।

डिएसपी पुजाराको टोलीले २०८२ साल जेठ ११ गते मा भारतसँग सटेका विभिन्न सीमावर्ती नाकाहरूबाट करिब १ लाख २० हजार रुपैयाँ बराबरको कपडा र किराना सामान नियन्त्रणमा लिएको हो। यसअघि, २०८२ जेठ ७ गते झन्डै ४० हजार रुपैयाँ मूल्य बराबरको गाडीका पार्टपुर्जा समेत बरामद गरिएको थियो।

बरामद गरिएका सम्पूर्ण सामानहरू कानूनी प्रक्रिया अनुसार सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको छ। यसअनुसार, गुल्म अलौले हालसम्म करिब १ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको अवैध रूपमा ल्याइएको सामग्री बरामद गरी राज्यको राजस्वमा दाखिला गराएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले निगरानी तथा गस्ती कार्यलाई थप सक्रिय बनाएको छ। डिएसपी पुजाराले सीमा सुरक्षामा कडाइ गरिँदै आएको र भन्सार छली रोक्न व्यापक अभियान सञ्चालन भइरहेको जानकारी दिएका छन्।

यस प्रकारको सुरक्षात्मक प्रयासले अवैध कारोबार नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। स्थानीय बासिन्दाहरूले सशस्त्र प्रहरीको सक्रियतालाई सराहना गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *