पर्सामा वेवारिसे एक पुरुषको शव फेला, प्रहरीद्वारा सनाखतका लागि सहयोगको अपिल

समाचार

बिरगंज ,१७ जेठ ।

पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. ७ कुमाल टोलस्थित रेलवे रोडमा एक अज्ञात पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार, मिति २०८२।०२।१२ गते साँझ करिब २०:३५ बजे वीरगंज महानगरपालिका वडा नं. १६ भुटनदेवी टोल बस्ने नारायण प्रसाद बर्णवालका छोरा किसन बर्णवालले चलाएको मधेश प्रदेश ०३-००२ स ४३८८ नं.को लोडर गाडीले दक्षिणतर्फ जाँदै गर्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा पैदलयात्रीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको र उनलाई तत्काल नारायणी अस्पताल वीरगंजमा पठाइएको थियो।

तर, उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि एल.एस. न्युरो एण्ड जेनरल अस्पताल परवानीपुर बारामा रेफर गरिएको थियो। अस्पतालमा चेकजाँचका क्रममा मिति २०८२।०२।१३ गते राति ००:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रारम्भिक अनुसन्धान तथा शवको मुचुल्का तयार गरी मृतकलाई नारायणी अस्पताल वीरगंजको शव गृहमा राखिएको छ। हालसम्म मृतकको सनाखत हुन नसकेकोले प्रहरीले मृतकलाई चिन्न सक्ने जो-कोही व्यक्ति वा आफन्तलाई सम्पर्क राख्न अनुरोध गरेको छ।

मृतकको हुलिया:
👉 उचाइ: ५ फिट ६ ईन्च
👉 पहिरन: आकासे रङको हाफ टी-सर्ट, निलो जिन्स पाइन्ट
👉 अनुहार: तराई मूलका जस्तो देखिने
👉 शरीर: मझौला

सम्पर्क:
📞 ९८५५०९०१३६, ९८५५०९०३२९, ९८५५०२८२८५

प्रहरीले मृतकको सनाखत र घटनाको थप अनुसन्धान कार्यलाई सहज बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *