पर्सा प्रहरीले अबैध उत्खननको आरोपमा दुई ट्याक्टर नियन्त्रणमा लियो

समाचार

बिरगंज ,२६ जेठ ।

पर्सा प्रहरीले अबैध उत्खननको आरोपमा बालुवा र गिट्टी बोकेका दुई ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ।

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ जमुनिया स्थित जमुनिया खोला क्षेत्रमा आज बिहान ६:३० बजे अबैध रूपमा बालुवा र गिट्टी उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले प्र.२–०३–००१ त.१५७ नम्बरको महिन्द्रा ट्याक्टरमा गिट्टी र प्र.२–०३–००१ च–१२९२ नम्बरको सोनालिका ट्याक्टरमा बालुवा लोड गरिरहेको अवस्थामा दुवै ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *