घरायसी विवादले लियो ज्यान : खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

समाचार

संखुवासभा, २ साउन। संखुवासभामा घरायसी विवादका क्रममा श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

जिल्लाको चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि अमरबहादुरले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रयोग गरी श्रीमतीमाथि आक्रमण गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी फुलमायाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनापछि प्रहरीले हत्या गर्न प्रयोग गरिएको खुकुरी बरामद गर्दै आरोपी अमरबहादुर सार्कीलाई तत्काल नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको तथा पक्राउ परेका सार्कीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *