वीरगन्जमा १३ वर्षीय बालक हराएका, परिवारद्वारा सहयोगको अपील

समाचार

वीरगन्ज, असार २७ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ बसोबास गर्ने १३ वर्षीय जुनेद आलम बिहीबार साँझदेखि हराइरहेका छन्। परिवारका अनुसार बालक जुनेद असार २६ गते साँझ करिब ५ बजेको समयमा घरबाट निस्किएका थिए, तर त्यसपछि उनी फर्किएका छैनन्। अहिलेसम्म उनको कुनै अत्तोपत्तो नलागेपछि परिवार तथा आफन्तजनहरूले गहिरो चिन्ता व्यक्त गर्दै सबैलाई सहयोग गर्न अनुरोध गरेका छन्।

हराएका बालक जुनेद आलमका हजुरबुबा आरिफ मिया तेली र बुबा सरफराज आलम हुन्। उनको उमेर १३ वर्ष रहेको छ। उनी गहुँगोरो वर्णका छन्।

बालक हराएको विषयमा प्रहरीलाई जानकारी गराइसकिएको छ भने खोजतलासको कार्य भइरहेको परिवारले जनाएको छ। परिवारले यदि कसैले जुनेदलाई देखेमा वा उहाँबारे केही जानकारी भएको खण्डमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन वा निम्न फोन नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेका छन्।

सम्पर्क नम्बरहरू:

📞 ९८०७२७३६२०
📞 ९८२४५९९४९५

जुनेदको सकुशल फिर्तीका लागि परिवारले आम सर्वसाधारण र सुरक्षाकर्मीहरूसँग हार्दिक अनुरोध गरेका छन्।

Note: कृपया बालकबारे कुनै जानकारी पाउनु भएको खण्डमा ढिलाइ नगरी तत्काल सम्पर्क गर्नुहोस्। मानवताको नाताले सानो सहयोगले एउटा परिवारमा ठूलो राहत मिल्न सक्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *