सरुवा हुँदाहुँदै डिएसपी सुब्बाको धामाका : २१ लाख बराबरको कपडा र गाडी सहित ब्यक्ति पक्राउ, ८ करोड मूल्यका अवैध सामान भन्सार बुझाउने सफलता

समाचार

पर्सा, असार ३२ गते।
सशस्त्र प्रहरी बल, नेपालका पर्सास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका प्रमुख डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) लोकेन्द्र सुब्बाले सरुवा हुँदाहुँदै पनि तस्करीविरुद्ध ठुलो कारबाही गर्दै २१ लाख रुपैयाँ बराबरको तयारी कपडा र सवारीसाधन बरामद गरेका छन्। भारतबाट भन्सार छली चोरीपैठारी गरिएको कपडा तस्करीको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्।

सशस्त्र प्रहरी संगठनको नियमित सरुवा–बढुवा प्रक्रियाअनुसार डिएसपी सुब्बाको वीरगञ्जबाट सुनसरीस्थित १ नम्बर बराहा बाहिनीमा सरुवा भएको हो। तर आफ्नो जिम्मेवारी हस्तान्तरण हुनुअघि उनले बुधबार  विहान फेरि एकपटक तस्करीमा संलग्न गाडी नियन्त्रणमा लिएर कारबाही गरेका छन्।

गाडी र कपडा सहित ब्यक्ति  पक्राउ

विशेष सूचनाको आधारमा मिति २०८२ असार ३२ गते बिहान, वीरगञ्ज महानगरपालिका–१५ भानुचोकबाट ना १ ज ६८०९ नम्बरको सेतो रंगको TATA Winger Van मा भारतबाट भन्सार छली गरी चोरीपैठारी गरिएको तयारी कपडा लोड गरी हेटौंडातर्फ लैजाँदै गरेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी टोली परिचालित गरिएको थियो।

डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको ९ सदस्यीय गस्ती टोलीले वीरगञ्ज बसपार्कबाट हेटौंडातर्फ गइरहेको उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा बिना कुनै कानुनी कागजातका तयारी कपडाहरु फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

गाडी चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१ चौकी टोल निवासी ४० वर्षीय सुरेश कुमार महर्जनलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको छ।

बरामद सामग्री विवरणः

  • तयारी कपडा : रु. १,०६,८५०।–
  • TATA WINGER VAN (ना १ ज ६८०९) : रु. २०,००,०००।–
  • जम्मा भन्सार मूल्य : रु. २१,०६,८५०।–

बरामद गरिएका सामग्री र तस्करलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

७ महिनामा करिब ८ करोड मूल्यका तस्करी सामग्री बरामद

डिएसपी सुब्बाको नेतृत्वमा उनले वीरगञ्जमा कार्यरत रहँदा ७ महिनाको अवधिमा करिब ८ करोड रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका अवैध सामानहरू बरामद गरी भन्सार बुझाउने उल्लेखनीय सफलता हासिल गरेका छन्।

सीमावर्ती क्षेत्रमा तस्करी, अवैध व्यापार र आपराधिक गतिविधिहरूमा कमी ल्याउन उनले देखाएको प्रतिबद्धता र सक्रियता सुरक्षाकर्मीहरूको लागि प्रेरणादायी बनेको छ।

निष्कर्ष
डिएसपी सुब्बाको सरुवा अन्तिम घडीमा गरिएको यो कारबाहीले सशस्त्र प्रहरी बलको तस्करी नियन्त्रणमा प्रतिबद्धता दर्शाउनुका साथै सीमामा हुने अवैध कारोबारमाथि कडा निगरानी आवश्यक रहेको सन्देश दिएको छ।

वीरगञ्जको सुरक्षा इतिहासमा डिएसपी सुब्बाको कार्यकाल एक प्रभावशाली उदाहरणको रूपमा रहने निश्चित देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *