पर्सामा सशस्त्र प्रहरीद्वारा आत्मरक्षा तालिम सुरु

समाचार

पर्सा, साउन २८ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा बिरगन्ज तेक्वान्डो डोजाङ्गको विशेष सहयोगमा आजदेखि “SELF-DEFENCE/UAC अनुशिक्षण तालिम” सुरु गरिएको छ।

तालिमको उद्घाटन गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यमा बिहान १० बजे एक समारोहबीच सम्पन्न भयो। कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, जुनियर अधिकृत, बिल्लादार/जवान, बिरगन्ज तेक्वान्डो डोजाङ्गका प्रमुख प्रशिक्षक 4th Dan Black Belt एशियन प्लेयर महमद वेशसहित ९ जना बाह्य प्रशिक्षक तथा सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो।

सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लले तालिमको उद्देश्य, महत्व तथा कार्ययोजना प्रस्तुत गर्दै आत्मरक्षाको सिद्धान्त, चेतावनी संकेत, व्यवहारिक अभ्यास, शारीरिक तथा मनोवैज्ञानिक आत्मरक्षा, लैङ्गिक हिंसा र अन्य दुर्व्यवहारबाट बच्ने उपाय, कानुनी आधार तथा सहायता प्रणालीलगायतका विषयमा प्रशिक्षण दिइने जानकारी गराए।

यस तालिममा नं. १३ गण हे.क्वाबाट १० जना (५ महिला, ५ पुरुष) र अन्य मातहत युनिटका २५ जना (५ महिला, २० पुरुष) गरी जम्मा ३५ जना सशस्त्र प्रहरी कर्मचारी सहभागी छन्। तालिम १० कार्य दिनसम्म प्रत्येक दिन बिहान ७ देखि ९ बजेसम्म सञ्चालन हुनेछ र अन्तिम प्रवचन भदौ ८ गते हुनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *