वीरगञ्ज, भदौ ७ ।
विगत केही दिनयता बढ्दै गएको हैजाको संक्रमणलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले असोज ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिमा विद्यालय बन्दका दिनहरूमा विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई संक्रमण रोकथामका आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
सूचनामा नागरिकलाई पानी उमालेर मात्र पिउन, शौचालय प्रयोगपछि अनिवार्य रूपमा साबुन–पानीले हात धुन, घर तथा वरपरको सरसफाइमा ध्यान दिन, काँचै खाने तरकारी–सागसब्जी तातोपानीले राम्ररी पखालेर मात्र खान र संक्रमणबाट जोगिन आवश्यक स्वास्थ्य–सुरक्षाका नियमहरू पालना गर्न अनुरोध गरिएको छ।

महानगरले थप संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मी टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गराइसकेको जनाएको छ।
