बारामा सशस्त्र प्रहरीद्वारा पाँच लाख बराबरको अवैध सामान बरामद

समाचार

बारा, असोज ६ ।
सशस्त्र प्रहरी बल बाराले विभिन्न स्थान र सीमा नाकाबाट करीव पाँच लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा सञ्चालन गरिएको विशेष अपरेशनमार्फत विभिन्न किसिमका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बारा जिल्लाको विभिन्न सीमा नाकामा खटिएका सशस्त्र टोलीहरूले छापामारी तथा नियमित चेकजाँच गर्दा तल उल्लेखित सामान बरामद भएका छन् :

१. वि.ओ.पी. बरैनिया : बाराको विश्रामपुर–३ स्थित सीमा क्षेत्रबाट करिब रु १ लाख ५० हजार बराबरका लेडिज आइटम बरामद गरिएको ।
२. जितपुर सुरक्षा वेश : वीरगञ्ज–पथलैया सडकखण्डमा गरिएको चेकजाँचमा करिब रु १ लाख बराबरका लेडिज आइटम बरामद ।
३. मटिअर्वास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म : मटिअर्वा क्षेत्रबाट करिब रु ७५ हजार मूल्य बराबरका राउटर बरामद ।
४. मोबाइल टोली (गणबाट खटिएको) : कोल्वी नगरपालिका–१ कोल्वी बजार क्षेत्रबाट करिब रु १ लाख बराबरका किराना सामग्री नियन्त्रणमा ।
५. जिल्ला सुरक्षा वेश, कलैया : कलैया–३ क्षेत्रबाट करिब रु ७५ हजार बराबरका किराना तथा लेडिज आइटम बरामद ।

सशस्त्र प्रहरी बल, बाराले बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइसकेको जनाएको छ ।

सीमा क्षेत्र हुँदै हुने अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निरन्तर निगरानीमा रहेको भन्दै एसपी खुमबहादुर केसीले यस्ता अवैध गतिविधि रोक्न स्थानीयको सहकार्य पनि जरुरी रहेको बताए ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *