पर्साको पकहा मैनपुरमा विद्युत् सर्ट भएर आगलागी, झण्डै दुई लाखको क्षति

समाचार

पर्सा, असोज २६ । जिल्ला पर्सा पकहा मैनपुर गाउँपालिका–१ धोरेमा विद्युत् सर्ट भई गोठघरमा आगलागी भएको छ। असोज २६ गते राति करिब २:०० बजेको समयमा स्थानीय धुपनाथ राउतको गोठघरमा विद्युत् तार सर्ट हुँदा आगलागी भएको हो।

आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी धोरेबाट प्रहरी सहायक निरीक्षक भन्टु राय यादवको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो करिब बिहान् ३:०० बजेतिर पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

आगलागीबाट गोठघरभित्र रहेको BR 05AS 4879 नम्बरको टीभीएस मोटरसाइकल १ थान, साइकल १ थान, र बिजुली मिटर १ थान जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। त्यस्तै, गोठमा बाँधिएका एक भैंसी  र दुई पाडीको ढाडमा करिब १० प्रतिशत जलेर घाइते भएको छ।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब रु. १,८६,००० (एक लाख छयासी हजार रुपैयाँ) बराबरको क्षति भएको बताइएको छ। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भएको छैन।

पर्सा प्रहरीले विद्युत् सर्ट सर्किटबाट आगलागी भएको प्राथमिक अनुमान गरेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *