बर्दिवासमा ‘Building Electrician Level-1’ तालिम सम्पन्न

समाचार

महोत्तरी, १४ कार्तिक ।
निर्मल लामा बहुप्राविधिक शिक्षालयको सहकार्यमा नं. ३९ रिजर्भ गण बर्दिवास, महोत्तरीमा सञ्चालन गरिएको ‘Building Electrician Level-1’ तालिम शुक्रबार सम्पन्न भएको छ।

उक्त तालिमको समापन कार्यक्रम नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि ढकालले तालिममार्फत सिकेका सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरे। उनले यस्ता सीपमूलक तालिमहरूले व्यावसायिक दक्षता विकासका साथै रोजगारीका अवसर बढाउने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा प्रशिक्षक तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *