वीरगञ्जमा प्रहरीले मध्यरातमा गोली चलाएर एक जना कुख्यात अपराधीलाई लियाे नियन्त्रणमा।

समाचार

वीरगन्ज, १७ वैशाख ।

वीरगञ्जमा प्रहरीले आइतबार राती ११ बजेको समयमा गोली चलाएर एक जना कुख्यात अपराधीलाई नियन्त्रणमा लिएको छ ।

झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्ज महानगर वडा न.१६ ईनर्वा र नगवामा पर्ने भुटनदेवी मन्दिरनिर चेकजाँचको क्रममा दोहोर झडप हुँदा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको प्रहरीले जनाएको छ।बब्लु पासवान एक कुख्यात अपराधी रहेको पर्सा प्रहरीले बताएको छ।पासवान भारत बिहार पुर्वी चम्पारणका वासिन्दा हुन।

पर्सा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि पासवानलाई प्रहरीले गोली हानेको हो । प्रहरीले हानेको गोली उनको देब्रे खुट्टामा लागेको छ भने उनलाई उपचारका लागि प्रहरीले नारायणी अस्तालमा लगिएको छ ।उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।

उपचार पछी प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जनाएका छन् ।

पासवान नेपाल छिरेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न आरोपी भारतीय नागरिक बब्लु पासवानलाई गोली हानेर नियन्त्रणमा लिएको एसपी कुमोध ढुंगेलले बताए ।२०७९ असोज ३ गतेका दिन काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हानेर मोहम्मद मारिएका थिए ।

बब्लु पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *