अशक्त र गरिब नागरिकलाई निशुल्क उपचार: मेयर बालेन।

समाचार

काठमाडौ,१६ बैशाख।

काठमाडौ महानगरका मेयर बालेन शाहले अशक्त र गरिब नागरिकलाई निशुल्क उपचार गर्ने बताएका छन् ।

समाजिक संजालमा लेखेका छन् “नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । ”

“तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला” भनी मेयर बालेनले आग्रह पनि गरेका छन् ।साथै सम्पर्क नम्बर पनि सार्वजनिक गरेका छन् सम्पर्क : ११८० (1180)वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *