बीरगंजमा मित्तेरीपुलदेखि भंसार क्षेत्र र शंखधर सांख्वा पार्कको संयुक्त अवलोकन

समाचार

बीरगंज, २९ कार्तिक ।
बीरगंज महानगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण पूर्वाधार तथा सार्वजनिक स्थलहरूको अवस्था निरीक्षण गर्न आज मित्तेरीपुलदेखि बीरगंज भंसार क्षेत्र हुँदै शंखधर सांख्वा पार्कसम्म संयुक्त अवलोकन गरिएको छ।

अवलोकन टोलीमा बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत (CG) डी.एस. मिणा, बीरगंज भंसार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवाली, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप राज पाठक, सशस्त्र प्रहरी पर्साका प्रमुख पूर्ण चन्द्र भट्ट, ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतान लगायतका प्रतिनिधिहरू सहभागी थिए।

यसैगरी महानगरपालिकाका प्राविधिकहरू सर्फुद्दिन मियाँ, राजीव उपाध्याय, रोशनी यादव, मोनिश मानन्धर तथा महानगर प्रहरीका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

संयुक्त अवलोकनबाट सम्बन्धित क्षेत्रका संरचना, सुरक्षा व्यवस्था, सरसफाइ, सौन्दर्यीकरण तथा आयोजना विस्तारका सम्भावित विषयहरूबारे विस्तृत जानकारी लिइएको र आगामी दिनमा आवश्यक सुधार तथा विकासका लागि सहकार्यमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको अवलोकन टोलीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *