कर्तव्य ज्यान मुद्दाका फरार थुनुवा सन्तोष सेन्चुरी पक्राउ

समाचार

काठमाडौँ, २१ मंसिर।
काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका थुनुवा सन्तोष सेन्चुरी पक्राउ परेका छन्। मिति २०८२ साउन ३० गते काठमाडौँ महानगरपालिका–२६, गोंगबु मित्रनगरस्थित एक होटलमा उनले आफ्नै श्रीमतीको हत्या गरी शव खाटमुनि लुकाएको आरोपमा प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गर्दै आएको थियो।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा महाराजगञ्जस्थित हिरासतबाट फरार भएका सेन्चुरीलाई निरन्तर खोजीका क्रममा प्रहरीले मिति २०८२ मंसिर १९ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।

थुनुवा फरार प्रकरणपछि प्रहरीले विशेष टोलीमार्फत निगरानी, सूचना संकलन र अनुसन्धानलाई तीव्र बनाएका थिए। पक्राउ परेका सेन्चुरीलाई आवश्यक कानुनी कारबाहीका लागि पुनः हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *