काठमाडौँ, ११ पुस ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी भन्सार सुरक्षा बेस (गौचर) ले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १० केजी ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
पौष ११ गते विमानस्थलको अन्तर्राष्ट्रिय उडान क्षेत्रबाट शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो।
नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाइएको भन्सार सुरक्षा बेसले जनाएको छ।
भन्सार सुरक्षा निकायका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई लागूऔषध ओसारपसारबाट सुरक्षित राख्न नियमित निगरानी तथा जाँच कडाइका साथ जारी राखिएको छ।
