पर्सामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

समाचार

पर्सा ,९ माघ। जिल्ला पर्सामा लाइसेन्सबिनाको भरुवा बन्दुक तथा गोलीसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

मिति २०८२ साल माघ ८ गते राति करिब ९:४७ बजे पर्सागढी नगरपालिका–१ स्थित कोइलाभार गाउँमा झै–झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोली पुगेपछि सोही स्थानका ३८ वर्षीय जय नारायण खवास मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै स्थानीय व्यक्तिहरूलाई गाली–गलौज गरिरहेको अवस्थामा फेला परेका थिए। प्रहरीले खानतलासी लिँदा उनको साथबाट लाइसेन्स नभएको भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने गोली १३ राउण्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

बरामद हतियार तथा गोलीसहित जय नारायण खवासलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिको विवरण:
नाम: जय नारायण खवास
उमेर: ३८ वर्ष
ठेगाना: पर्सागढी नगरपालिका–१, पर्सा
बरामद सामग्री:
लाइसेन्सबिनाको भरुवा बन्दुक: १ थान
गोली: १३ राउण्ड
प्रहरीले अवैध हतियारको प्रयोग तथा ओसारपसारविरुद्ध कडाइका साथ निगरानी र कारबाही जारी रहने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *