ओभरलोड तथा कागजातविहीन १३ टिपर नियन्त्रणमा, अनुसन्धान शुरु:प्रवक्ता बोगटी ।

समाचार

मकवानपुर, १३ बैशाख ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ओभरलोड तथा आवश्यक कागजातविहीन १३ वटा टिपर नियन्त्रणमा लिएको छ।

बैशाख १२ गते साँझ करिब ६:१० बजे मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१९ नेवारपानी क्षेत्रमा विशेष चेकजाँचका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएको हो। मनहरीबाट हेटौडा बजारतर्फ आउँदै गरेका टिपरहरूलाई जाँच गर्दा चुनढुंगा ओभरलोड भएको तथा आवश्यक बिलसमेत नभेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै टिपरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यस सम्बन्धमा आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।

प्रहरी प्रवक्ता डिएसपी बोगटीले सडक सुरक्षासँगै राजस्व चुहावट नियन्त्रणका लागि यस्ता चेकजाँचलाई निरन्तरता दिइने जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *