तालिमका क्रममा बेहोस् भएका सशस्त्र प्रहरी जवानको स्वास्थ्य अवस्थाबारे पूर्व गृहमन्त्री गुरुङ र एआईजी पौडेलद्वारा जानकारी

समाचार

काठमाडौं, जेठ ९ । पूर्व गृहमन्त्री सुधन गुरुङ तथा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल ले नेपाल एपीएफ अस्पताल बलम्बु पुगेर तालिमका क्रममा बेहोस् भई उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

जेठ ८ गते अस्पताल पुग्नुभएका उहाँहरूले उपचारमा संलग्न चिकित्सकसँग जवानहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको बताइएको छ।

भेटका क्रममा पूर्व गृहमन्त्री गुरुङले राष्ट्र सेवामा खटिएका सुरक्षाकर्मीहरूको स्वास्थ्य र सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्ने बताउँदै घाइते जवानहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले उपचाररत जवानहरूको स्वास्थ्य अवस्थाप्रति संगठन संवेदनशील रहेको उल्लेख गर्दै आवश्यक सम्पूर्ण उपचार सुविधा उपलब्ध गराइएको जानकारी दिनुभयो।

अस्पताल स्रोतका अनुसार उपचाररत जवानहरूको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ। घटनापछि सशस्त्र प्रहरी संगठनले तालिम व्यवस्थापन र स्वास्थ्य सुरक्षाका विषयमा समेत थप सतर्कता अपनाउने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *