पर्साको ठोरीबाट  गाँजासहित भारतीय नागरिक पक्राउ

समाचार

वीरगञ्ज ,२७ असार । पर्सा प्रहरीले जिल्लाको ठोरी गाउँपालिका–३, बुद्धनगरस्थित सडकखण्डबाट ४ केजी ४५० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८३ असार २६ गते दिउँसो करिब २:०० बजे विशेष निगरानीका क्रममा BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकलमा सवार भारतको बिहार राज्य, पश्चिमी चम्पारण निवासी अन्दाजी २२ वर्षीय रुपेश कुमारलाई नियन्त्रणमा लिइएको हो।

उनको साथबाट ४ केजी ४५० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका रुपेश कुमारमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *