वीरगञ्जमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ, ९ लाख ९५ हजार जरिवाना असुल हुने

समाचार

वीरगञ्ज,२७ असार । बैंकिङ कसुर तथा बिगो भरिभराउ मुद्दामा अदालतबाट कैद र जरिवानाको सजाय सुनाइएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्सा प्रहरीका अनुसार बैंकिङ कसुर तथा बिगो भरिभराउ मुद्दामा २ वर्ष ३ दिन कैद तथा रु. ९ लाख ९५ हजार जरिवाना सजाय तोकिएका पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौ निवासी अमरुल्लाह अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मिति २०८३ असार २७ गते यस कार्यालय मातहत रहेको प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्सारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिने प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *