सशस्त्र प्रहरीका एआईजी पोखरेलद्वारा दक्ष नेतृत्वमा जोड

समाचार

काठमाडौं,१ साउन । । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा सञ्चालित सि.सं. ४ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) को समापन कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८३ साउन १ गते आयोजित समापन कार्यक्रममा एआईजी पोखरेलले संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र व्यावसायिक बनाउन दक्ष प्रशासनिक नेतृत्व तथा व्यवस्थापकीय क्षमताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा व्यवहारिक रूपमा लागू गर्न सहभागी अधिकृतहरूलाई आग्रह गर्नुभयो।

उक्त तालिमले वरिष्ठ अधिकृतहरूको प्रशासनिक क्षमता, नेतृत्व विकास, निर्णय प्रक्रिया तथा संगठनात्मक व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास सशस्त्र प्रहरी बलले व्यक्त गरेको छ।

समापन कार्यक्रममा प्रशिक्षण प्रतिष्ठानका पदाधिकारी, प्रशिक्षक तथा तालिममा सहभागी वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *