५६ लाख भन्दा बढीका लत्ताकपडाहरु लोड रहेको ट्रक बिरगंजमा पक्राउ ।

समाचार
रसीद आलम,बिरगंज ,३१,असार ।

बिरगंजमा बिल बिजक भन्दा बढी लत्ताकपडाहरु,औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शुक्रबार साझ ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.२५आईसिपि गेट स्थित सडकखण्डबाट ना.८ ख ३९७८ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

नियन्त्रणमा लिएको ट्रक र सो भित्र लोडरहेको लत्ताकपडाहरुको मुल्य रू.५६ लाख ५८ हजार १ सय ८६  बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शनिबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *