बडादशैँमा सशस्त्र प्रहरीको निशान, मौलो तथा कोत पूजा सम्पन्न, महानिरीक्षक पौडेलद्वारा निशानमा पञ्जाछाप

काठमाडौं ,३ कार्तिक । बडादशैँ २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गण हे.क्वा. (विशेष कार्यदल) बगलामुखीमा निशान, मौलो तथा कोत पूजा धार्मिक विधिपूर्वक सम्पन्न भएको छ। मिति २०८३ कात्तिक ३ गते आयोजित उक्त विशेष पूजाका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभएको थियो। […]

पुरा पढ़नुश

नक्सालको कोरियन रेस्टुरेन्टमा विद्युत् सर्ट भएर आगलागी, सुरक्षा निकाय र दमकलको संयुक्त प्रयासमा नियन्त्रण

काठमाडौं, कात्तिक ३ । काठमाडौं महानगरपालिका–१, नक्सालस्थित नारायणचौर नजिक रहेको एक कोरियन रेस्टुरेन्टमा विद्युत् तार सर्ट भएर आगलागी भएको छ। मिति २०८३ कात्तिक ३ गते रेस्टुरेन्टमा विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणबाट खटिएको टोली तत्काल घटनास्थलमा पुगेको थियो। आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

दशैँमा यात्रुलाई सहजता: सशस्त्र प्रहरीद्वारा उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन

काठमाडौं, २ कात्तिक। बडा दशैँ २०८३ को अवसरमा सर्वसाधारण नागरिकको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ। दशैँको समयमा सार्वजनिक यातायातको अभावका कारण यात्रुले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गर्ने तथा नागरिकलाई सहज, सुरक्षित र सुविधाजनक यात्रा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो। सशस्त्र […]

पुरा पढ़नुश

वीरगञ्जमा हर्स ज्वेलर्सबाट चोरी भएका ४ लाखभन्दा बढीका गहना बरामद, एक महिला पक्राउ

वीरगञ्ज,२ कार्तिक  । पर्सा प्रहरीले वीरगञ्जस्थित एक सुनचाँदी पसलबाट चोरी भएका करिब ४ लाख ११ हजार रुपैयाँ मूल्य बराबरका गरगहना बरामद गरेको छ। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीका अनुसार २०८३ असोज ३० गते दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिरको उत्तरतर्फ रहेको रानीघाट निवासी रञ्जित साह […]

पुरा पढ़नुश

बारामा सर्पदंशबाट १० वर्षीया बालिकाको मृत्यु

बारा ,२ कार्तिक  । बाराको परवानीपुर गाउँपालिकामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ। परवानीपुर गाउँपालिका–५, नौतन टोल निवासी मनोज साहकी छोरी सन्झना कुमारीको सर्पदंशका कारण मृत्यु भएको हो। बारा प्रहरीका अनुसार, २०८३ कात्तिक १ गते राति करिब ११:५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बालिकालाई पहिचान नखुलेको सर्पले टोकेको थियो। सर्पले टोकेपछि बिरामी […]

पुरा पढ़नुश

वीरगञ्जमा ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय युवक पक्राउ

वीरगञ्ज ,२ कार्तिक । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। मिति २०८३ कात्तिक १ गते पर्साको वीरगञ्ज महानगरपालिका–२५, सिर्सियास्थित सशस्त्र प्रहरी बल, नेपाल बीओपी ड्राईपोर्टबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त पदार्थ बरामद […]

पुरा पढ़नुश

पोखरियामा प्रहरी र कालिकामाई युवा समाजको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न

पर्सा,२ कार्तिक  । पर्साको पोखरियामा धार्मिक तथा पर्यटकीय स्थलको स्वच्छता कायम राख्ने उद्देश्यले सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। ईलाका प्रहरी कार्यालय पोखरिया, पर्साको सक्रियतामा कालिकामाई युवा समाजको सहकार्यमा कालिकामाई मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको पर्सा प्रहरीले जनाएको छ। कार्यक्रमअन्तर्गत मन्दिर परिसरमा रहेका फोहोरमैला संकलन तथा व्यवस्थापन गर्दै धार्मिक स्थललाई स्वच्छ, सफा र सुन्दर राख्न […]

पुरा पढ़नुश

पोखरियाको लमरिया गाउँमा प्रहरीद्वारा सरसफाइ र व्यवस्थित सडकका लागि सचेतना कार्यक्रम

पर्सा ,१ कार्तिक । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्साको लमरिया गाउँमा सरसफाइ, स्वच्छता र सडक व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ईलाका प्रहरी कार्यालय पोखरियाको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा खुला स्थानमा दिसापिसाब नगर्न, सडकमा गाई, भैंसी तथा बाख्रा नबाँध्न र सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री नराख्न स्थानीयवासीलाई सचेत गराइएको पर्सा प्रहरीले जनाएको छ। सार्वजनिक […]

पुरा पढ़नुश

बिहारमा युवकको हत्यापछि तनाव: आक्रोशित भीडद्वारा आधा दर्जन बढी घरमा आगजनी

भारत, १ कात्तिक। भारतको बिहारस्थित मुजफ्फरपुरमा एक युवकको हत्या भएपछि आक्रोशित स्थानीयवासीले आधा दर्जनभन्दा बढी घरमा आगजनी गरेका छन्। मुजफ्फरपुरको करजा थाना क्षेत्रअन्तर्गत एक युवकको हत्या भएपछि आइतबार बिहानदेखि सो क्षेत्रमा तनाव उत्पन्न भएको हो। पोस्टमार्टमपश्चात् मृतकको शव गाउँ ल्याउनासाथ आक्रोशित भीडले घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको घरलाई निशाना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। […]

पुरा पढ़नुश

नेपाल सेवा फाउन्डेसनको औपचारिक शुभारम्भ, शिक्षा, स्वास्थ्य र रोजगारमा सहयोग गर्ने प्रतिबद्धता

वीरगन्ज,१ कार्तिक  । समाजसेवा, मानवता र परोपकारलाई मूल आधार बनाएर स्थापना गरिएको नेपाल सेवा फाउन्डेसनको वीरगन्जस्थित घण्टाघरमा औपचारिक शुभारम्भ गरिएको छ। अष्टमीको पावन अवसरमा आयोजित शुभारम्भ कार्यक्रममा प्रसाद वितरणसमेत गरिएको थियो। शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका गरिब, विपन्न, असहाय तथा सहयोगापेक्षी परिवारलाई सहयोग गर्ने उद्देश्यसहित फाउन्डेसन स्थापना गरिएको […]

पुरा पढ़नुश