गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

काठमाडौं, २० जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् ।   नेकपा एमालेको संसदीय दलको सोमबार वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन । “भोलिदेखि नियमित संसद चलाउँ […]

पुरा पढ़नुश

पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण

धनगढी,२० जेठ  । सुदूरपश्चिम प्रदेश सरकारलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पहुँचको आधारमा नभई , प्राथमिकताको आधारमा विनियोजन गर्न आग्रह गरेको छ। सोमबार कार्यबाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। कांग्रेसले बजेट विनियोजन गर्दा दैवी प्रकोप, अति विपन्नता, सिपमूलक आयआर्जन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य […]

पुरा पढ़नुश

बिरगंजमा सर्पको टोकाइबाट १२ वर्षीय बालक घाइते, नारायणी अस्पतालमा उपचार जारी

बिरगंज,२० जेठ । सोमबार साँझ करिब ८:२० बजे पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्ता टोलका भुवन दासका १२ वर्षीय छोरा निती दास गाउँको चौरमा क्रिकेट खेल्ने क्रममा दायाँ खुट्टामा सर्पले टोक्दा घाइते भएका छन्। घटनापछि उनलाई तुरुन्तै नारायणी अस्पताल, वीरगंजमा भर्ना गरी उपचार भइरहेको छ। अस्पतालले नितीको अवस्था मध्यम रहेको जनाएको छ। निती दासका दाजु […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बलमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल

काठमाडौँ, जेठ १९ । मनसुन अवधिमा बढ्न सक्ने प्राकृतिक विपद् तथा संभावित क्षतिको न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपालले आवश्यक पूर्व तयारी गर्नुपर्ने विषयमा आज एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित उक्त छलफलमा प्रमुख अतिथिका रूपमा गृहमन्त्री रमेश लेखकको उपस्थिति रहेको थियो। कार्यक्रममा गृहमन्त्री लेखकले देशभरि मनसुनजन्य विपद्को […]

पुरा पढ़नुश

पर्सामा क्रेसरमा काम गर्ने क्रममा मजदुरको दु:खद मृत्यु

पर्सा,  जेठ १९ । पर्सा जिल्लाको बि.म.न.पा.–२९ मुसैलीस्थित श्री आदर्श क्रेसर उद्योग प्रा.लि.मा ढुङ्गा फोड्ने क्रममा एक मजदुरको ज्यान गएको छ। जेठ १८ मा वर्ष १८ का अजय मण्डल मेसिनको बेल्ट अचानक चुडिँदा ढुङ्गाको धुलो र बेल्टले बेरिएर गम्भीर घाइते भएका थिए। उक्त घटनाबारे मिति २०८२।०२।१९ गते बिहान ११ बजे खबर प्राप्त हुनासाथ प्रहरी सहायक […]

पुरा पढ़नुश

स्रोत नखुलेको १२ लाख नगदसहित दुई जना पक्राउ

पर्सा, जेठ १९। विशेष सूचनाका आधारमा पर्सा प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चौकमा सवारी साधन चेकजाँच गर्ने क्रममा १२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको रातो–कालो पल्सर मोटरसाइकलमा सवार पर्सा जिल्ला पकाहामैनपुर गाउँपालिका–२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार राज्यको बेतिया बकुलहर बस्ने १९ […]

पुरा पढ़नुश

बारा जिल्लामा आगलागीः बारा डिस्टिलरीमा २६ लाख बढीको क्षति

बारा,  जेठ १९ । बारा जिल्ला, विश्रामपुर गाउँपालिका-५ इटियाहीस्थित अजय कुमार प्रजापतिले सञ्चालन गरेको बारा डिस्टिलरी प्रा.लि. (रक्सी उत्पादन गर्ने कारखाना) मा सोमबार साँझ करिब ४:०० बजे आगलागी भएको छ। विद्युत सर्ट भएर अचानक लागेको आगोले फैक्ट्रीमा कार्यरत कर्मचारीहरुले तत्काल प्रहरी चौकी मुसहर्वा, बारामा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब  निरीक्षक भाग्य नारायण […]

पुरा पढ़नुश

सिमामा शान्ति सुरक्षाका लागि स्थानीय सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न तयार: वडा अध्यक्ष चौरसिया

रसीद आलम पर्सा, १९ जेठ । बिरगंजस्थित सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्मले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको छ । गुल्म बिरगंजको कार्यालयमा आयोजित उक्त कार्यक्रममा सिमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण, सीमा पार अपराध रोकथाम, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै सिमावासीको गुनासो सुन्दै राय, सुझाव […]

पुरा पढ़नुश

जगरनाथपुर गाउँपालिका–१ पिडरिगुठ्ठीमा आगलागी : घरमा ठूलो क्षति, प्रहरीको सहयोगमा नियन्त्रणमा

बिरगंज ,१९ जेठ । पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका–१ पिडरिगुठ्ठीमा आज मिति २०८२।०२।१९ गते दिउँसो करिब १४:४० बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको छ। घटनामा स्थानीयवासी ४० वर्षीय मोजामिल राय भगत र उनका कान्छा भाइ ३५ वर्षीय हाफिज राय भगतको फुसको घरमा आगलागी हुँदा ठूलो धनमालको क्षति पुगेको बताइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ पिडरिगुठ्ठी […]

पुरा पढ़नुश

मधेश प्रदेशका आठ वटै जिल्लामा ‘Disaster Volunteer’ निर्माण गर्दै सशस्त्र प्रहरी: विपद व्यवस्थापनमा स्थानीय जनशक्ति उत्पादनको सुरुवात

रसीद आलम मधेश प्रदेश, जेष्ठ १९  ।सशस्त्र प्रहरी बल, नेपालले आगामी मनसुन तथा मनसुनसँगै हुने बाढी, डुबान, आगलागी लगायतका प्राकृतिक तथा मानवजन्य प्रकोपहरूसँग प्रभावकारी रूपमा सामना गर्नका लागि मधेश प्रदेशका आठवटै जिल्लामा ‘Disaster Volunteer’ (विपद् स्वयंसेवक) निर्माण गर्ने अभियान सुरु गरेको छ। मधेश प्रदेशका वाहिनीपति (डिआईजी ) कृष्ण ढकालका अनुसार यस अभियानको उद्देश्य भनेको विपद् […]

पुरा पढ़नुश