भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

नयाँदिल्ली, १९ जेठ । भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।   जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू […]

पुरा पढ़नुश

पर्सा प्रहरीले ३० केजी लागू औषध गाँजासहित मोटरसाइकल बरामद गर्यो

रसीद आलम पर्सा,  जेठ १९ ।पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–१ टाँडीस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ। मिति २०८२/०२/१९ गते राती ०१:४५ बजे जगरनाथपुर गाउँपालिका–१ टाँडीबाट भारततर्फ गइरहेको बीआर–०५–एजे–९०७० नम्बरको मोटरसाइकलमा सवार एक जना व्यक्ति भारत प्रवेश गर्न खोजिरहेको अवस्थामा प्रहरीलाई देखेपछि मोटरसाइकल सोही स्थानमा छोडेर भागेको पर्सा प्रहरीले जनाएको […]

पुरा पढ़नुश

कलैयामा टिप्परको ठक्करले बालिका सिवानी गुप्ताको मृत्यु

बारा ,१९ जेठ ।बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ बालमन्दिर नजिक सोमवार दिउँसो टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ। भारत मोतिहारी जिल्ला आठमुहान घर भई हाल कलैया उपमहानगरपालिका–१ मोतिबाघमा डेरा गरी बस्ने हरेराम साहकी छोरी ६ वर्षीया सिवानी गुप्तालाई ना.१ क ८०५६ नम्बरको टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई प्रारम्भिक उपचारका लागि आशिर्वाद अस्पताल […]

पुरा पढ़नुश

वीरगञ्जमा दुई मोटरसाइकल चोर पक्राउ: दुई वटा मोटरसाइकलसहित नियन्त्रणमा

पर्सा, १९ जेठ । वीरगञ्जमा दुई जना मोटरसाइकल चोरलाई प्रहरीले चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.१३ मुर्ली नयाँ टोलकी सारजा खातुनको नाममा दर्ता भएको मधेश प्रदेश–०३–०२७ प ५५५५ नम्बरको १६० सीसीको एनएस मोटरसाइकल २०८२।०१।२३ गते बिहान ४ बजे घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो। घटनाको अनुसन्धान गर्ने […]

पुरा पढ़नुश

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा नारायणी अस्पतालमा बिरामीलाई फलफूल वितरण

बिरगंज ,१८ जेठ । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पर्सा जिल्लाको नारायणी अस्पताल, वीरगञ्जमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको विशेष कार्यक्रमका क्रममा दुई सयभन्दा बढी बिरामीलाई फलफूल वितरण गरिएको हो। नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले जानकारी गराएअनुसार नारायणी अस्पतालको प्रसूति वार्ड, मेडिसिन वार्ड, […]

पुरा पढ़नुश

बिरगंजमा नालामा डुबेर बिरामी व्यक्तिको मृत्यु

पर्सा ,१८ जेठ । जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ नगवा टोलका ५९ वर्षीय अल्जाइमरका बिरामी अरुण लाल कर्ण नालामा डुबेर मृत अवस्थामा फेला परेका छन्। मृतक कर्ण २०८२ जेठ १६ गते अपराह्न ५ बजे घरबाट दाह्री बनाउन जान्छु भनेर निस्केका थिए। राति अबेरसम्म घर नफर्किएपछि उनका आफन्तले सोही दिन साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए। प्रहरीको […]

पुरा पढ़नुश

खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड बजेट, सबै नेपालीलाई सुरक्षित खानेपानी उपलब्ध गराइने

रसीद आलम काठमाडौं, १८ जेठ ।खानेपानी मन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयलाई ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्। उक्त बजेटले देशभरका नेपालीलाई सुरक्षित र गुणस्तरीय खानेपानी सेवा प्रदान गर्ने लक्ष्य लिएको उनले जानकारी दिए। उनका अनुसार, काठमाडाैं उपत्यकामा खानेपानी आपूर्ति प्रणालीलाई एकीकृत र व्यवस्थित बनाइनेछ। साथै, जलाशययुक्त […]

पुरा पढ़नुश

रूसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु

मस्को, १८ जेठ । युक्रेन सीमा नजिकै रुसमा रेलवे ट्र्याकमा राजमार्गको पुल भत्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।   आपतकालीन सेवाका अनुसार ब्र्यान्स्कको पुलले चलिरहेको यात्रुवाहक रेलमा धेरै भारी ट्रकहरू थिए ।   जसकारण पुल भत्किदा थप २४ व्यक्तिहरू घाइते भए पनि रिपोर्ट गरिएको छ।   रुसी आपतकालिन मन्त्रालयले आगलागी र उद्धार इकाइहरूले […]

पुरा पढ़नुश

काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ।   भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।   वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।

पुरा पढ़नुश

प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

जनकपुर, १८ जेठ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन्।     मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । प्रधानमन्त्री ओली भोली […]

पुरा पढ़नुश