पर्सा, १९ जेठ । वीरगञ्जमा दुई जना मोटरसाइकल चोरलाई प्रहरीले चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.१३ मुर्ली नयाँ टोलकी सारजा खातुनको नाममा दर्ता भएको मधेश प्रदेश–०३–०२७ प ५५५५ नम्बरको १६० सीसीको एनएस मोटरसाइकल २०८२।०१।२३ गते बिहान ४ बजे घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला सर्लाही कबिलासी नगरपालिका वडा नं.४ बस्ने २१ वर्षीय राधेश्याम यादवलाई उक्त मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। यादवविरुद्ध चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नं.४ अमरचोकका ४६ वर्षीय प्रमोद प्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पनि चोरी भएको छ। सो मोटरसाइकल बारागढी गाउँपालिका वडा नं.१ का २५ वर्षीय रूपेश चौधरीले चोरी गर्ने क्रममा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। चौधरीविरुद्ध पनि चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूः
१. राधेश्याम यादव, २१ वर्ष, जिल्ला सर्लाही कबिलासी नगरपालिका वडा नं.४।
२. रूपेश चौधरी, २५ वर्ष, जिल्ला बारा बारागढी गाउँपालिका वडा नं.१।
यस सम्बन्धमा पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
