“जिम्मेवार चालक म” अभियान अन्तर्गत ट्राफिक सचेतनाका लागि सवारी साधनमा स्टिकर टाँस

वीरगंज, ११ जेठ । जेष्ठ १० गते, जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज र रोट्रयाक्ट क्लब अफ वीरगंजको संयुक्त आयोजनामा “जिम्मेवार चालक म” भन्ने सन्देशसहितको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। अभियान अन्तर्गत वीरगंजका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनहरूमा ट्राफिक नियमको महत्त्व दर्शाउने स्टिकरहरू टाँस गर्ने कार्य गरिएको हो। कार्यक्रमको उद्देश्य सडक सुरक्षाका मापदण्डहरूलाई प्रभावकारी […]

पुरा पढ़नुश

बाल न्याय प्रणाली प्रवर्द्धनमा सरोकारवालाको भुमिका विषयक राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं, ललितपुर,११ जेठ । बाल न्याय प्रणालीको प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिकाबारे महत्वपूर्ण छलफल तथा सुझाव आदानप्रदानका लागि आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमा बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहभागी भए। कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्माननीय प्रकाशमान सिंह राउत थिए भने अध्यक्षता केन्द्रीय बाल न्यायिक समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका माननीय न्यायाधीश दिल प्रसाद श्रेष्ठले गरे। कार्यक्रम […]

पुरा पढ़नुश

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

पटना, १० बैशाख । बिहारको हरियाली क्षेत्र विगत २० वर्षमा दुई गुणा बढेको छ।   सन् २००५ मा वन क्षेत्र ७.६५ प्रतिशत मात्र थियो तर सन् २०२४ मा बढेर १५.०५ प्रतिशत पुगेको छ । वातावरण, वन तथा जलवायु परिवर्तन विभागका मन्त्री डा सुनिल कुमारले एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा […]

पुरा पढ़नुश

भिजिट भिषा प्रकरणमा मन्त्रालय नेतृत्व संलग्न छैनः गृह मन्त्रालय

काठमाडौं, १० जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको गृह मन्त्रालयले दावी गरेको छ।   शनिवार, गृह मन्त्रालयका सह सचिव छवि रिजालले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको कुनै संलग्नता नरहेको जिकिर गरेको हो ।   ‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा […]

पुरा पढ़नुश

पर्सामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार घाइते

 मृत्यु हुनेमा बिरगंज -१६ नगवाका एक युवक हुन। रसीद आलम,पर्सा, १० जेठ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं. १७ अलौस्थित सडकमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। मिति २०८२ साल जेठ १० गते अन्दाजी ४:१० बजे बिरगंजबाट अलौतर्फ गइरहेको BR 05 L 8159 […]

पुरा पढ़नुश

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सफलता : जितपुरबाट लाखौं बराबरको भन्सार छलिका समान बरामद

बारा, ९ जेठ — सशस्त्र प्रहरी बल, नेपाल बारा अन्तर्गत सुरक्षा बेस जितपुरले तस्करी नियन्त्रण अभियान अन्तर्गत ठूलो सफलता हासिल गरेको छ। नियमित चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न वस्तुहरू बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले बाराको कलैयाबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमो र वीरगञ्जबाट जनकपुरतर्फ जाँदै […]

पुरा पढ़नुश

भन्सार छली गरी ल्याइएको सामानसहित ३० बोरा नियन्त्रणमा, प्रहरी निरीक्षक चौलागाईंको नेतृत्वमा कारबाही

रसीद आलम वीरगंज, ९ जेठ — जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेका वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले भन्सार छली गरी नेपाल भित्र्याइएको ३० बोरा सामान नियन्त्रणमा लिएको छ। मिति २०८२ साल जेठ ७ गते अन्दाजी दिउँसो १२:३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ७ रामटोलस्थित क्षेत्रबाट चोरी पैठारी गरी […]

पुरा पढ़नुश

जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

न्युयोर्क, ९ जेठ । अमेरिकाको टेक्सासमा हालै विषाक्त सुई लगाएर एक अपराधीलाई मृत्युदण्ड दिइएको छ ।   १३ वर्षअघि मे २० मा उनले डलासमा पसल लुट्ने क्रममा एक महिलालाई आगो लगाएर निर्मम हत्या गरेका थिए। सोही आरोपमा उनलाई बुधवार सुई लगाएर मृत्युदण्ड दिइएको हो । ४९ वर्षीय म्याथ्यु ली जोनसनलाई हन्ट्सभिलको राज्य कारागारमा घातक सुई […]

पुरा पढ़नुश

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

मकवानपुर, ९ जेठ । हेटौडामा पहिलो पटक इ–स्पोटर्स अन्तरगत फ्रि फायर प्रतियोगिता आयोजना भएकाे छ ।   आयोजकले  पत्रकार सम्मेलनको आयोजना गरेर हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजना प्रतियोगिता हुन लागेको जानकारी दिएको छ ।   पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईले बिहीबार देखि सुरु हुने इ–स्पोट्र्स अन्तर्गत फ्रि फायर प्रतियोगितामा १ हजार […]

पुरा पढ़नुश

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

काठमाडौं ,९ जेठ ।होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली […]

पुरा पढ़नुश