विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं ,३१ बैशाख । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-८ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउदलाई काठमाडौं-१२ र बोहरालाई […]

पुरा पढ़नुश

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

काठमाडौं, ३१ बैशाख । संसारमा विभिन्न प्रकारका ठाउँहरू छन् र तिनीहरूको पनि आ आफ्नै रीतिरिवाजहरू रहेका छन्। विशेष गरी जब हामी सांस्कृतिक चलनहरूको बारेमा कुरा गर्छौं, धेरै पटक हामीले केही यस्ता कुरा सुन्छौं, जो सुनेर हामी छक्क पर्छौं ।   यो वैज्ञानिक रूपमा प्रमाणित भएको छ कि यदि आमाबाबु नजिकका आफन्तहरू छन् भने बच्चाहरु केहि […]

पुरा पढ़नुश

प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो ।   सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल […]

पुरा पढ़नुश

पनौतीमा बेपत्ता महिला खोजी गर्ने क्रम जारी

बनेपा, ३० बैशाख । पनौतीमा खोलामा डुबेर बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको छ । काभ्रेस्थित पनौती नगरपालिका–५ मा बैशाख २९ गते बाढिमा बेपत्ता महिलाको खोजी गर्नका लागि सशष्त्र प्रहरी बल १५ नम्बर गण, काभ्रेको सुरक्षा फौज लागिरहेको हो ।   हिजो साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ […]

पुरा पढ़नुश

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्देशन

रौतहट ३० बैशाख। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी  उमा प्रसाद चतुर्वेदीले आपराधिक गतिविधि, तस्करी पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।   मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका पछी पहिलो पटक दुई जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।   डिआईजी चतुर्वेदी मंगलवार जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय सर्लाहीको स्थलगत अनुगमन […]

पुरा पढ़नुश

ब्राउन सुगरसहित दुई जना पक्राउ

महोत्तरी, बर्दिबास ,३० बैशाख । लागू औषध ब्राउन सुगरसहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। वैशाख ३० गते बिहान १०:३० बजे, बर्दिबास नगरपालिका–३ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडामा गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी बिकास बमको कमान्डमा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई […]

पुरा पढ़नुश

गुल्म अलौले तोडयो तस्करीको संजाल ,नियन्त्रणमा लियो ५ लाखको अबैध मालसामान ।

(गुल्म अलौलेले तोड्यो तस्करीको सञ्जाल, पाँच लाखभन्दा बढीको अवैध सामान बरामद) रसीद आलम ,वीरगञ्ज, ३० बैशाख। सशस्त्र प्रहरी बल गण नम्बर १३ अन्तर्गतको प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले तस्करीको सञ्जालमा कडा प्रहार गर्दै पाँच लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित एक मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्साका अनुसार, बैशाख ३० गते डिएसपी कृष्ण […]

पुरा पढ़नुश

कतारले ट्रम्पलाई ५५ अर्बको लक्जरी बोइङ जेट उपहार स्वरूप दिने

कतार, ३० बैशाख । कतारले डोनाल्ड ट्रम्पलाई  लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ।   तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक सेवा र निजी नाफा बीचको रेखाहरू धमिलो पार्छ । र, अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्छ। […]

पुरा पढ़नुश

सीमा क्षेत्रमा भएको गोलीबारीमा बीएसएफ सब इन्स्पेक्टर मोहम्मद इम्तियाज शहीद

दिल्ली, २९ बैशाख — भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका क्रममा १० मे २०२५ मा जम्मू जिल्लाको आरएस पुरा क्षेत्रमा अन्तर्राष्ट्रिय सीमा नजिक भएको क्रस बोर्डर फायरिङमा बीएसएफ (सीमा सुरक्षा बल) का बहादुर सब इन्स्पेक्टर मोहम्मद इम्तियाज वीरगती प्राप्त गरेका छन्। राष्ट्रको सेवा गर्दै सीमा चौकीको नेतृत्व गरिरहेका इम्तियाजले अत्यन्तै साहसपूर्वक अगाडि बढेर नेतृत्व गरेका थिए। उनीमाथि […]

पुरा पढ़नुश

जगाती चेकपोस्टबाट भन्सार छली सामानसहित ट्रक बरामद, ७२ लाख बराबरको कपडा र पार्टपुर्जा नियन्त्रणमा

रसीद आलम भक्तपुर,  वैशाख २९ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित जगाती चेकप्वाइन्टमा भन्सार छली गरी ल्याइएका कपडा र अन्य सामग्रीसहितको ट्रक पक्राउ गरिएको छ। वैशाख २८ गते बिहान करिब १०:३० बजे साँगाबाट काठमाडौंतर्फ आइरहेको बा ४ ख ७६० नम्बरको सेतो रंगको टाटा ट्रकलाई प्रहरीले शंका लागि जाँच गर्दा उक्त ट्रकमा परालको भुस मुनि लुकाइछिपाई भन्सार […]

पुरा पढ़नुश