दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट

काठमाडौं, २३ चैत । वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्।   आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछ। यो विस्फोट यति उज्यालो हुनेछ कि यसले चन्द्रमा भन्दा १० गुणा बढी प्रकाश फैलाउने छ र […]

पुरा पढ़नुश

बिदाले सोमवारसम्म रबि प्रहरी हिरासतमै, कारागारमा भने रबी र छबीसँगै हुने

भैरहवा, २३ चैत । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सोमवारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने भएका छन् ।   प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमवारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् ।   ‘दुइ दिन सार्बजनिक बिदा भएकाले सोमवारसम्म […]

पुरा पढ़नुश

५ लाख अवैध नेपाली रुपैयाँसहित भारतीय नागरिक रौतहटमा पक्राउ

रौतहट, २३ चैत रौतहटको सदरमुकाम गौरमा सशस्त्र प्रहरीको टोलीले ५ लाख अवैध नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार बैरगनियाबाट गौरतर्फ आउँदै गरेको बीआर ०५ जे १३२७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख रुपैयाँसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने व्यक्ति भारत बिहारको सितामढी जिल्ला, […]

पुरा पढ़नुश

प्रधानमन्त्रीको टोली स्वदेश फर्कियो

काठमाडौं, २३ चैत। पाँच दिने थाइल्यान्ड भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् ।   शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली स्वदेश फर्किएको हो । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक गएको थियो । प्रधानमन्त्री ओली बैंकका रहँदा थाइल्यान्डमा प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटघाट गरेका थिए ।

पुरा पढ़नुश

बारामा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

बारा ,२२ चैत । जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियास्थित सडकमा ग.१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण कुमार गुप्ताकी छोरी १८ महिनाकी आकृती कुमारी गुप्ताको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको […]

पुरा पढ़नुश

माेदीजीसँगको भेट सौहार्दपूर्णः प्रधानमन्त्री ओली

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् ।   “हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं,’  भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन, “विम्स्टेक […]

पुरा पढ़नुश

रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश,प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।   जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने आदेश गरेको हो ।   बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा […]

पुरा पढ़नुश

अवैध वस्तु भण्डारणको आशंकामा,वीरगञ्जमा श्री दुर्गा रोड कैरियर्सको गोदाममा छापा

वीरगञ्ज,२२ चैत । राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित श्री दुर्गा रोड कैरियर्सको गोदाममा छापा मारेको छ। मदन गुप्ता ‘रुन्चे’द्वारा सञ्चालित उक्त गोदाममा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू भण्डारण गरिएको विशेष सूचनाका आधारमा छापा मारिएको हो। छापाको क्रममा कपडा (सटिङ्ग, सुटिङ्ग) तथा मोबाइल पार्ट्सहरू भण्डारण अवस्थामा फेला परेका छन्। राजस्व अनुसन्धान […]

पुरा पढ़नुश

सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

काठमाडौं, २२ चैत । सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषकतत्व प्रशस्त हुन्छ। धेरै ठाउँमा यसलाई मोरिंगा पनि भनिन्छ। यसको नियमित सेवन गरेमा शरीरलाई अचम्मको फाइदा हुन्छ ।   सजिवन सामान्यतया तरकारीको रूपमा खाइन्छ तर यदि तपाईंले यसको सूप तयार गरी पिउनुभयो भने यसले अद्भुत स्वास्थ्य लाभहरू प्रदान गराउन सक्छ। हो, […]

पुरा पढ़नुश

बिन लादेनलाई समुन्द्रमा फाल्ने अमेरिकन जहाज इरान युद्दमा खटाइने

काठमाडौं, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आफ्नो तयारी तीव्र पारेका छन् ।   उनले  इरानविरुद्ध यस्तो खतरनाक मास्टरप्लान तयार गरेको छ कि यसले दुश्मनलाई चकित पार्ने ठानिएको छ ।   अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले यस्तो एक विमान वाहक फारसको खाडीमा तैनाथ गरेका छन्, जसले अलकायदा नेता ओसामा बिन लादेनको शव समुन्द्रमा […]

पुरा पढ़नुश