भारतको पटना गएका निजगढका ब्यावसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात

इन्दीप कोइराला, बारा, १९ चैत । मोवाइल फोनमा आएको शंकास्पद सन्देशले बाराको निजगढ नगरपालिका–७ का एक परिवार यतिबेला शोकमा डुबेको छ ।   व्यवसायिक कामको क्रममा भारतको पटना जान्छु भनेर शनिवार दिउसो १२.३० बजे घरबाट निस्किएका निजगढ नगरपालिका– ७ नगरपालिका रोडका बस्ने टंकराज उप्रेती (दिपक)ले चलाउने भारतीय सिमको मोबाइलबाट श्रीमती कल्पनाको ह्वाट्सअप म्यासेन्जरमा सोही रात ११.४५ […]

पुरा पढ़नुश

दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बरिष्ठ नेता दिपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् ।   प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षति भएको पनि लिङदेनले जनाएका छन् ।   ‘राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दिपक बोहराको निधनमा स्तब्ध र दुःखी भएको छु,’ उनले भनेका छन, […]

पुरा पढ़नुश

प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री

काठमाडौं, १९ चैत। उपप्रधान तथा सहकारी बिकास मन्त्री प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ।   प्रधानमन्त्री केपी शर्मा ओली थाईल्याण्ड भ्रमणमा गए पछि सिंहले सो जिम्मेवारी प्राप्त गरेका हुन् । राष्ट्रपति रामचन्द्र पाैडेलले उनकाे जिम्मेवारी ताेकेका हुन् ।   प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज […]

पुरा पढ़नुश

अवैध रूपमा भन्सार छलि ल्याइएको १० लाखभन्दा बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

पर्सा, १९ चैत । सशस्त्र प्रहरी बल पर्साले अवैध रूपमा भन्सार छलि ल्याइएका कपडा र मकै बरामद गरेको छ। मधेश प्रदेशको पर्सा जिल्लामा सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा रु १० लाख ५३ हजार ९ सय बराबरको सामान नियन्त्रणमा लिएको हो। प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण […]

पुरा पढ़नुश

काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न ४१ जना पक्राउ

काठमाडौं, १९ चैत – काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बनेपछि ४१ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा गत चैत १५ गते आयोजना गरिएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र उल्लंघन गर्दै प्रहरीमाथि ढु‌ङ्गामुढा प्रहार गरेका थिए। प्रदर्शनकारीहरूले सरकारी तथा निजी सम्पत्तिमा क्षति पु¥याउनुका साथै […]

पुरा पढ़नुश

मोतिहारीमा ईदको नमाजका लागि प्रशासनिक निरीक्षण, सुरक्षा व्यवस्था कडा

मोतिहारी,बिहार,१८ चैत । मोतिहारीका जिलाधिकारी सौरभ जोरवाल, प्रहरी अधीक्षक (एसपी ) स्वर्ण प्रभात, नगर आयुक्त सौरभ सुमन यादव, सदर एसडीओ श्वेता भारती लगायत अन्य वरिष्ठ अधिकारीहरूले धर्मसमाजस्थित ईदगाहमा ईदको नमाजको तयारी तथा नमाज अदायगीको अवलोकन गरेका छन्। निरीक्षणका क्रममा तैनाथ अधिकारीहरूलाई नमाज-ए-इदैन कमिटीका प्रतिनिधिहरूसँग समन्वय गर्दै प्रशासनिक व्यवस्थालाई निर्धारित मापदण्डअनुसार चुस्त राख्न, भीड व्यवस्थापन प्रभावकारी […]

पुरा पढ़नुश

सर्लाहीका साहको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौं,१८ चैत ।सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का निपु मण्डल (२२ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का विजय यादव (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का करन कुमार महतो (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-५ का जोधन मण्डल (२३ वर्ष), गोकर्णेश्वर नगरपालिका-१ का उत्तम मण्डल […]

पुरा पढ़नुश

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो?

काठमाडौं ,१८ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्। उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए। प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको […]

पुरा पढ़नुश

भन्सार छली गरिएको ४ लाख ४४ हजार बराबरको केराउ प्रहरीले बरामद गर्यो

बारा,  चैत १८ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी राखिएको ४ लाख ४४ हजार रुपैयाँ बराबरको केराउ बरामद गरेको छ। प्रहरीका अनुसार चैत १७ गते राति करिब ११ बजे कलैया उपमहानगरपालिका-१३, बलिरामपुरस्थित भारतबाट ल्याइएको अवैध सामान बरामद गरिएको हो। प्रहरीले १८५ बोरा केराउ फेला पारेको जनाएको छ। […]

पुरा पढ़नुश

इद-उल-फित्र उल्लासपूर्वक मनाइयो, मस्जिद र इदगाहमा विशेष सजावट

बिरगंज ,१८ चैत । मुस्लिम धर्मावलम्बीहरूले एक महिनासम्म निर्जल व्रत (रोजा) बसेर रमजान महिना पूरा गरेपछि आज चैत १८ गते इद-उल-फित्र उल्लासपूर्वक मनाएका छन्। इस्लाम धर्मअनुसार बिहान ४ बजे भोजन (सहरी) गरेर निर्जल व्रत सुरु गर्ने र साँझ ६ बजे भोजन (इफ्तारी) गर्ने परम्परा अनुसार रोजा समाप्त भएको छ। इद-उल-फित्रका अवसरमा मुस्लिम समुदायले बिहान विशेष […]

पुरा पढ़नुश