उत्कृष्ट कार्यसम्पादनका लागि पर्सा प्रहरीका जवान रमेश प्रसाद कुशवाहा “POLICE OF THE MONTH” घोषित

पर्सा, १२ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सा ले वैशाख महिनाको “POLICE OF THE MONTH” घोषणा गर्दै प्रहरी जवान रमेश प्रसाद कुशवाहालाई सम्मान गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिप राज पाठक ले उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उनलाई सम्मान प्रदान गर्नुभएको हो। प्रहरी चौकी हात्तिलेट महोत्तरी दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय पर्साको अपराध […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको कडा अपरेशन : वीरगञ्ज भन्सार क्षेत्रबाट डिएसपी अधिकारीको कमान्डमा ११ लाखभन्दा बढीका अवैध सामानसहित सवारीसाधन बरामद

वीरगञ्ज, १२ जेठ । सशस्त्र प्रहरी बल नेपाल पर्साले तस्करी नियन्त्रण अभियानलाई थप आक्रमक बनाउँदै वीरगञ्ज भन्सार क्षेत्रबाट ११ लाखभन्दा बढी मूल्यका अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन भइरहेको विशेष तस्करी नियन्त्रण अभियानअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सारले विभिन्न सीमावर्ती […]

पुरा पढ़नुश

सीमाबासीलाई आत्मनिर्भर बनाउँदै सशस्त्र प्रहरी : बारामा १५ दिने केश कर्तक तालिम सुरु

बारा, ११ जेठ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराले १५ दिने केश कर्तक (कपाल काट्ने) तालिम सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बलको “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत आयोजना गरिएको उक्त तालिम कलैया उपमहानगरपालिका वडा नं. १० को समन्वयमा सञ्चालन […]

पुरा पढ़नुश

पोखरिया प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा ब्राउन सुगरसहित युवक पक्राउ, पर्सा प्रहरीको लागुऔषध नियन्त्रण अभियान तीव्र

वीरगञ्ज, ११ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध नियन्त्रण अभियानलाई अझ सशक्त बनाउँदै पोखरिया नगरपालिकाबाट ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत उक्त सफलता हासिल भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मिति २०८३ जेठ १० गते राति करिब […]

पुरा पढ़नुश

मधेश प्रदेशमै उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा सम्मानित

वीरगञ्ज, जेठ १०। मधेश प्रदेशअन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा “सर्वोत्कृष्ट” प्रशंसापत्रद्वारा सम्मानित भएको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकलाई प्रशंसापत्रसहित सम्मान […]

पुरा पढ़नुश

भन्सार छलीको केरा बोकेको पिकअपसहित दुई जना पक्राउ

बारा, जेठ १० । बारा प्रहरीले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको केरा र पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग करिब ८ लाख ५४ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको हो। प्रहरी चौकी कचोर्वाबाट प्र.ब.ना.नि. देव बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आइतबार बिहान करिब […]

पुरा पढ़नुश

नि:शुल्क आँखा शिविरपछि २२ जनाको सफल शल्यक्रिया, ११३ वर्षीया ज्येष्ठ महिला समेत लाभान्वित

वीरगञ्ज, जेठ १० । सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको नि:शुल्क आँखा शिविरपछि २२ जनाको सफल आँखाको शल्यक्रिया सम्पन्न गरिएको छ। शल्यक्रिया सेवा लिनेमध्ये ११३ वर्षीया एक ज्येष्ठ महिला समेत लाभान्वित भएकी छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा तिलगंगा आँखा अस्पताल र सामुदायिक […]

पुरा पढ़नुश

विपन्न एकल दलित महिलालाई सशस्त्र प्रहरी पर्साद्वारा नवनिर्मित घर हस्तान्तरण

पर्सा, जेठ १० । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–२२ मनिहारिमा बसोबास गर्दै आएकी एक विपन्न एकल दलित महिलालाई नवनिर्मित घर हस्तान्तरण गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको पहलमा […]

पुरा पढ़नुश

पर्सा प्रहरीको कडा अपरेसन : ३ बालिका उद्धार, एक जना पक्राउ

वीरगञ्ज, जेठ १० । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक को कुशल नेतृत्वमा पर्सा प्रहरीले बालश्रम, शोषण तथा दुर्व्यवहारविरुद्ध सञ्चालन गरेको विशेष अभियान अन्तर्गत वीरगञ्जबाट तीन जना बालिकाको उद्धार गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। पर्सा प्रहरीले दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका–१६ भन्सार चोक क्षेत्रमा नाबालिकाहरूमाथि […]

पुरा पढ़नुश

तालिमका क्रममा बेहोस् भएका सशस्त्र प्रहरी जवानको स्वास्थ्य अवस्थाबारे पूर्व गृहमन्त्री गुरुङ र एआईजी पौडेलद्वारा जानकारी

काठमाडौं, जेठ ९ । पूर्व गृहमन्त्री सुधन गुरुङ तथा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल ले नेपाल एपीएफ अस्पताल बलम्बु पुगेर तालिमका क्रममा बेहोस् भई उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। जेठ ८ गते अस्पताल पुग्नुभएका उहाँहरूले उपचारमा संलग्न चिकित्सकसँग जवानहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन […]

पुरा पढ़नुश