सीमाबासीको स्वास्थ्य सेवामा सशस्त्र प्रहरीको पहल, बारामा नि:शुल्क स्वास्थ्य शिविरबाट २५१ जना लाभान्वित

बारा, जेठ ९ ।सशस्त्र प्रहरी बल, नेपालको “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वास्थित बर्थिङ सेन्टरमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट २५१ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरप्रति स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सशस्त्र प्रहरी बल, […]

पुरा पढ़नुश

बारा प्रहरीले १२५ किलो गाँजासहित एक जनालाई पक्राउ, कार चालक फरार

बारा, जेठ ९। बारा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो पर्साको संयुक्त टोलीले १२५ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मिति २०८३ जेठ ७ गते राति करिब ११:२० बजे जितपुरसिमरा उपमहानगरपालिका–१ दुधौरा […]

पुरा पढ़नुश

सगरमाथा र लोत्से हिमाल आरोही सशस्त्र प्रहरीकर्मी सम्मानित

काठमाडौं, जेठ ८ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरीका दुई जना प्रहरीकर्मीलाई सम्मान गर्नुभएको छ। सशस्त्र प्रहरी बल, नेपालका अनुसार महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमाल आरोहण गर्न सफल सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोहण गर्न सफल सशस्त्र […]

पुरा पढ़नुश

बकर ईदको अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा

काठमाडौं, जेठ ८ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपाल राजपत्रमा मिति २०८२ फागुन १८ गते प्रकाशित सूचनाअनुसार बकर ईद (ईद-उल-अज्हा) […]

पुरा पढ़नुश

पर्साको विकासका लागि जनमत पार्टीको १८ बुँदे माग, प्रधानमन्त्री कार्यालयलाई बुझाइयो ज्ञापनपत्र

वीरगञ्ज, जेठ ८ । जनमत पार्टी पर्साले जिल्लाको समग्र विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा स्थानीय जनसरोकारका विषय समेट्दै १८ बुँदे मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइएको उक्त ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लाई जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ ले हस्तान्तरण गरेका […]

पुरा पढ़नुश

भारतबाट भन्सार छलि ल्याइएको मोटरसाइकलका पिस्टनसहित अटो रिक्सा नियन्त्रणमा, ३ लाख १० हजार बराबरको सामान बरामद

वीरगञ्ज, जेठ ८ । पर्सा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको मोटरसाइकलमा प्रयोग हुने पिस्टनसहित अटो रिक्सा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएको मोटरसाइकलमा प्रयोग हुने १०० थान पिस्टन बरामद गरेको हो। उक्त सामान ओसारपसारमा प्रयोग गरिएको अटो […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा सीमावर्ती क्षेत्रमा नि:शुल्क आँखा शिविर, २११ जनाले पाए सेवा — ३४ जनामा मोतियाबिन्दु पहिचान

रसीद आलम ,पर्सा, ८ जेठ । सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाटमा वृहत् नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत आयोजित उक्त शिविर श्री वविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो। तिलगंगा आँखा […]

पुरा पढ़नुश

रसुवामा ३६ लाखभन्दा बढी मूल्यको १२२५ थान भेपसहित ८ जना पक्राउ

रसुवा, ७ जेठ । रसुवामा प्रहरीले ठूलो परिमाणमा अवैध भेप (विद्युतिय चुरोट) बरामद गर्दै ८ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मिति २०८३ जेठ ७ गते बिहान करिब १ः३० बजे इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गाउँपालिका–१ दालफेदीस्थित मम्माया तामाङको घरमा छापा मारेर १२२५ थान भेप बरामद गरेको हो। प्रहरीले घरभित्र […]

पुरा पढ़नुश

फरार प्रतिवादी पक्राउ अभियान तीव्र : पर्सा प्रहरीद्वारा दुई फरार प्रतिवादी पक्राउ

वीरगञ्ज, ७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत फरार अभियुक्तहरूको खोजी कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी […]

पुरा पढ़नुश

लागू औषध सेवनकर्ता खोजी तथा सुधार अभियान : पर्सामा ५ जना नियन्त्रणमा, आफन्तको जिम्मा लगाइयो

पर्सा, ७ जेठ । पर्सा प्रहरीले सञ्चालन गर्दै आएको “लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत ५ जनालाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक को नेतृत्वमा सञ्चालन भइरहेको अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको […]

पुरा पढ़नुश